नयाँ पोस्टरमा ‘छक्का पञ्जा–४’

न्युजलय २५ माघ २०७९, बुधबार १२:३१ मा प्रकाशित

काठमाडौं । यही फागुन १९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘छक्का पञ्जा–४’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

फिल्मका प्रस्तुतकर्ता तथा अभिनेता दीपकराज गिरी, दीपाश्री निरौला तथा निर्मल शर्माले सामाजिक सञ्जालमार्फत फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा दीपकराज गिरी, केदारप्रसाद घिमिरे तथा बुद्धि तामाङलाई चित्रण गरिएको छ ।

पोस्टर शेयर गर्दै अभिनेता गिरीले ‘छक्का पञ्जा–४’ नेपालसहित अमेरिका, जापान, यूरोप, कोरिया, अष्ट्रेलिया, यूके, गल्फ लगायत विश्वका धेरै मुलुकहरुमा प्रदर्शन हुने जानकारी गराएका छन् ।

यसअघि सार्वजनिक भएको फिल्मको पहिलो गीत ‘दर्शन सलाम’ ले यूट्यबमा झण्डै साढे २३ लाख भ्यूज पाइसकेको छ । 

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला आदि कलाकारले  मुख्य भूमिका निर्वाह गरेका छन् ।

नरेन्द्र मैनाली यो फिल्मका छायांकार हुन् भने फिल्ममा रोशन श्रेष्ठको द्वन्द निर्देशन छ । फिल्को कथाकार तथा लेखक दीपक राज गिरी हुन् ।

फिल्ममा दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता, केदार प्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा रहेका छन् ।