काठमाडौं । अजय देवगण स्टारर क्राइम थ्रिलर बलिउड फिल्म ‘दृश्यम २’को ट्रेलर सार्वजनिक भएको छ । यो सन् २०१५ मा रिलिज भएको हिट फिल्म दृश्यमको सिक्वेल हो ।
एक हत्याको घटनालाई अजयको परिवारले लुकाउन गरेको प्रयास र प्रहरीले गरेको अनुसन्धान फिल्मको कथावस्तु हो ।
अभिषेक पाठक निर्देशित फिल्ममा श्रीया सरन, ईशिता दत्त, मृणाल जाधव, रजत कपुर लगायतले पनि अभिनय गरेका छन् । दृश्यम कन्नड फिल्मको रिमेक भर्सन हो ।
दृश्यम २ आगामी नोभेम्बर १८ मा भारतलगायत विश्वभर रिलिज हुने तयारीमा छ ।