सुनचाँदीको मूल्य बढ्यो

न्युजलय ५ भदौ २०८१, बुधबार ११:१२ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस अघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो। 

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।