इटहरी । भात अड्किएर इटहरीमा एक जनाको मृत्यु भएको छ ।
इटहरी–१९ अमाहाका अन्दाजी ४२ वर्षीय राजु चौधरीको मृत्यु भएको हो । उनको मंगलबार राति खानाखाने क्रममा भात अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार चौधरीलाई भात अड्किएपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी तरहरास्थित चौधरी ग्रिल उद्योगका सञ्चालक रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।