फिल्म ‘वीर विक्रम–२’ हिन्दीमा डब, युट्युबमा सार्वजनिक

न्युजलय १५ मङ्सिर २०७९, बिहिबार ०४:११ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘वीर विक्रम–२’लाई हिन्दी भाषामा डब गरेर सार्वजनिक गरिएको छ । 

पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्रको हिन्दी डब बिहीवार युट्युबमा सार्वजनिक गरिएको हो ।

मिलन चाम्सको निर्माण एवं निर्देशन रहेको ‘वीर विक्रम–२’ तीन वर्षअघि हलमा रिलिज भएको थियो । हलमा प्रदर्शनमा आइसकेको चलचित्रलाई हिन्दीमा डब गरेर युट्युबमा सार्वजनिक गरिएको हो ।