बस र ट्रक आपसमा ठोक्किँदा १६ जनाको मृत्यु

न्युजलय २७ मङ्सिर २०७८, सोमबार ०८:४८ मा प्रकाशित

काठमाडौं । नाइजेरियाको उत्तर-पूर्वी बाउची राज्यमा आइतबार तीव्र गतिमा गुडेको बस र ट्रक आपसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ।

 

कानो–जामारे राजमार्गको बम्बल गाउँमा साँझ ७ बजे उक्त दुर्घटना भएको हो। बसमा सवार सबै १६ यात्रुले दुर्घटनामा ज्यान गुमाएको प्रहरीले जनाएको छ। 


ट्रकमा ठोक्किएपछि बसमा आगो लागेको थियो। नाइजेरियामा सडक दुर्घटनाहरू प्रायः अत्यधिक यात्रु चाप, खराब सडक र लापरवाह ड्राइभिङको कारणले हुने गरेको बताइन्छ।