मोटरसाइकलको ठक्करबाट घाइते उदयपुरका सुन्दासको मृत्यु

न्युजलय २२ मङ्सिर २०७८, बुधबार ०१:१३ मा प्रकाशित

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ मा मोटरसाइकलको ठक्करबाट  घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको छ । 

बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०५–००१ प ३५९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका स्थानीय ४६ वर्षीय कर्ण सुन्दासको न्युरो अस्पताल बिराटनगरमा ज्यान गएको हो ।

तीव्रगतिमा गुडेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका त्रियुगा–१३ राई चौकका चालक २९ वर्षीय बिरेन राईको न्युरो अस्पतालमा उपचारभएरहेका प्रहरीले जनाएको छ ।