इटहरी । नेप्ली मिडिया प्रा.लि. को आयोजना तथा रामधुनी नगरपालिका –७ को सहयोगमा ७ दिने किशोर किशोरी सचेतना तालिम सम्पन्न भएको छ।
जेष्ठ २१ गतेदेखि सुरु भएको तालिम जेष्ठ २७ गते शनिबार सम्पन्न भएको हो। तालिममा किशोर किशोरीलाई उद्घोषण,भाषण,साइबर क्राइम,लागु औषध दुर्व्यसनी नियन्त्रण,बाल हिंसा, यौन हिंसा,बोल्ने कला ,नाटक प्रदर्शन तथा मल्टिमिडिया लगायतमा बिषयमा प्रशिक्षण दिएको मिडिया प्रा.लि. कि तालिम संयोजक ज्योति पोख्रेलले बताएकी छन्।
तालिममा वडा नं ७ का अनमोल बाल संजाल तथा वडाका विद्यालयहरुबाट ४० जना किशोर किशोरीहरूले सहभागिता जनाएका थिए। ७ दिनको तालिममा बालमनोविज्ञान ,आत्मरक्षा,साइबर सुरक्षा, उद्घोषण ,बोल्ने कलाको बिषयमा मा किशोर किशोरीहरूले धेरै नयाँ ज्ञान हासिल गर्न पाएकोमा रामधुनी–७ अनमोल बाल संजाल तथा ७ नम्बर वडाका वडा अध्यक्ष केशव गौतमले तालिम उपलब्धि मुलक भएको बताए ।
गौतमले आगामी दिनमा बालबालिकाको पक्षमा फरक किसिमका तालिमहरु आयोजना गर्ने बताए। तालिममा हिमाल दाहाल ,बाबुराम कार्की,सोनु जयन्ति,इलाका प्रहरी कार्यालय पकली बाट प्रहरी निरिक्षक गजेन्द्र रायमाझी,यमुना गुरागाईं (योषा) ले प्रशिक्षण दिएका थिए।