झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

न्युजलय १९ मङ्सिर २०७८, आइतबार ०१:२९ मा प्रकाशित

दमक । झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। 

दमक –१० की ४९ वर्षीया घनादेवी आचार्यलाई श्रीमान ४५ वर्षीय रामकुमार लिम्बूले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मंसिर १६ गते घनादेवीलाई उनको श्रीमानले कुटपिट गर्दा घाइते भएकी थिइन्।

उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो।  उनको त्यहाँ उपचार हुन नसकेपछि घर फर्काउने क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ। 

कुटपिटमा संलग्न लिम्बूलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।