जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका ६ मा शनिबार राति युवाहरुको दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भन एक जना गम्भीर घाइते भएका छन् ।
छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदायको मृत्यु भएको हो । छातिमा छुरा लागेका उनलाई उपचारका लागि धनगढीस्थित आरके मेडिसिटी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक सदायकै समूहका १९ वर्षीय निकेश सदाय छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् । उनको आरके मेडिसिटी अस्पतालमै उपचार भइरहेको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारले के विषयमा विवाद भएर छुरा हानाहान भएको भन्ने खुल्न नसकेको बताएको छ । यस्तै घटनाबारे थप अनुसन्धान र संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।