सुनको भाउ बढ्यो

न्युजलय ३३ जेठ २०८२, आइतबार ११:४५ मा प्रकाशित

काठमाडौं । पाँच दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ । पाँच दिनमै मूल्य प्रतितोला ७ हजार ५ सय रुपैयाँ बढेको छ ।

गत मंगलबार प्रतितोला १ लाख ९० हजारमा कारोबार भएको सुन आज आइतबार १ लाख ९७ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आजको भाउ ४ सय रुपैयाँ बढी हो । उच्च मूल्यमा पुगेर चाँदी स्थिर रहेको छ । चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा स्थिर छ ।