चिर्पट प्रहार गरी श्रीमानको हत्या

न्युजलय ९ पुस २०७८, शुक्रबार ०४:३३ मा प्रकाशित

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित एक महिलाले दाउराको चिर्पट प्रहार गर्दा उनका पतिको मृत्यु भएको छ ।

शुक्रबार मदिराले मातेर भएको झगडाको क्रममा धनगढीमाई–१४ की ३६ वर्षीया हर्कमाया विश्वकर्माले हानेको चिर्पटले ४० वर्षीय पति टेकबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

पति–पत्नी दुवैजना मदिराले मातेर झगडा गरेका थिए । दाउराको चिर्पटले हान्दा घाइते भएका टेकबहादुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीले घरमै पुगेर श्रीमतीलाई नियन्त्रणमा लिएको र शव पोष्टमार्टमका लागि राउ स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।