उदयपुरमा दाजुले गरे भाइको हत्या

न्युजलय ६ पुस २०८२, आइतबार १२:२० मा प्रकाशित

उदयपुर । उदयपुरमा घरायसी विवादका कारण दाजुले भाइको हत्या गरेका छन् ।

त्रियुगा नगरपालिका–१ स्थितमा ४३ वर्षीय युवराज राईले आफ्नै ३० वर्षीय भाइ धर्मराज राईलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा युवराजले घरायसी विवादमा धारिलो हतियारले शरीरको विभिन्न स्थानमा प्रहार गरेको खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।