समाजवदी महिला संघ सुनसरीको समायोजन कार्यक्रम सम्पन्न

न्युजलय १५ पुस २०७८, बिहिबार ०८:२३ मा प्रकाशित

सुनसरी । जनता समाजवादी पार्टी नेपालको सुज अभियान अन्तर्गत सुनसरी जिल्लाको समाजवादी महिला संघ समायोजन कार्यक्रम सम्पन्न भएको छ। समायोजनमा  ९ जना नयाँ कार्य समितिसहित ४१ जनाको कमिटि गठन गरिएको छ।


नगर पार्टी कार्यालय रामधुनीमा आज (बिहीबार) पूर्व महिला शक्ति नेपाल, पूर्व संघीय समाजवादी महिला फोरम र राजपा निकट महिला संघका तीन घटका सङ्गठनको संयुक्त समायोजन कार्यक्रम सम्पन्न भएको हो। 


समायोजन कार्यक्रमका प्रमुख आतिथिमा, समाजवादी महिला संघका केन्द्रीय उपाध्यक्ष प्रदेश १ इन्चार्ज शशी लिङ्देनले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै महिलाहरूको भूमिका अझै सक्रिय ढंगले अघि बढ्न प्रोत्साहन दिइन्। 


यस्तै, प्रमुख अतिथि केन्द्रीय सदस्य दीपक मेयाङ्बोले समाजमा छुटेका मुद्दाहरूलाई उन्मुक्तिका दिन जनता समाजवादी पार्टीले मुद्दा बोकेको बताए। उनले  महिला, दलित, पिछडा वर्ग र समुदायलाई उन्मुक्त गर्न आवश्यक रहेको र यसका लागि एकजुट भएर अघि बढ्नुपर्ने जनाए । 


केन्द्रीय सदस्य प्रदेश १ की मुख्य सचिव विमला अर्यालले बधाई तथा शुभकामना दिदै सुनसरी जिल्लाको महिला समायोजन कार्यक्रम सभ्य र भव्य रहेको बताउँदै यो एतिहासिक कार्य रहेको उल्लेख गरिन्। अतिथि गायत्री आलेमगरले जनसङ्ख्याको आधारमा महिलाको संख्या बढी भएपनि कुनै पनि क्षेत्रमा महिला सहभागितालाई संख्याको आधारमा भन्दा न्यून सहभागिता रहेकोमा चिन्ता व्यक्त गरिन्। 


कार्यक्रममा नव गठित अध्यक्ष राजकुमारी यादवले सङ्गठनलाई ससक्त रूपमा अघि बढाउने दृढता व्यक्त गरिन्। समायोजनकी सचीव प्रतिमा माखिमले राज्यका कुनै पनि तह र तप्कामा महिला सहभागिता अत्यावश्यक रहेको बताउँदै महिला सहभागिता सुनिश्चितताका लागि पनि महिला बृहद र विस्तृत ढङ्गले बिस्तार हुनुपर्नेमा जोड दिइन्।  


जिल्ला अध्यक्ष भगीरथ खत्वे, सचीव, प्रदीप कार्की, केन्द्रीय सदस्य डा.खालिद हुसेनले लगायतले कार्यक्रमका बारेमा मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन युवा नेतृ योशा गुरागाईं र कमला सुब्बाले गरेका थिए ।