घट्यो सुनको मूल्य

न्युजलय ३२ बैशाख २०८१, मङ्गलबार १२:१५ मा प्रकाशित

काठमाडौं  । आज छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । छापावाला सुन प्रतितोला १ लाख ३७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज तेजावी सुनको मूल्य पनि सात रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।