पहिलो दिनै भारतमा प्रेम गीत ३ ले कमायो डेढ करोड रुपैयाँ

न्युजलय ८ असोज २०७९, शनिवार ०६:४७ मा प्रकाशित

काठमाडौं । प्रेम गीत ३ को हिन्दी संस्करणले भारतमा शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन प्रेम गीतले ९२ लाख भारतीय रुपैयाँ कमाएको जानकारी दिएका हुन् ।

 

सीमित शोका बाबजुद प्रेम गीत ३ ले राम्रो व्यापार गर्न सफल भएको आदर्शको भनाई छ । चलचित्रले दर्शकहरूबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।