काठमाडौं । देशका केही स्थानमा यो साता भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
वर्षा हुन भोलि देखि नै सुरु हुने जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले उल्लेख गरेका छन् ।
आउँदो बिहीबारदेखि शनिबारसम्म देशको पूर्वी भूभागमा भारी वर्षा हुने सम्भावना उनले औँल्याएका छन् ।
बंगालको खाडीमा रहेको मोन्था चक्रवात र अरबसागरको न्यूनचापीय प्रणालीले यति बेला नेपालभरि बादल ल्याइरहेको उनले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबारै विशेष बुलेटिन जारी गरेको छ । महाशाखाले पश्चिम नेपालका केही स्थानमा सोमबार रातिदेखि बुधबार बिहानसम्म वर्षा र हिमपातको पूर्वानुमान गरेको छ ।