उदयपुरमा ट्याक्टर दुर्घटना हुँँदा एक जनाको मृत्यु, तीन जना घाइते

न्युजलय २ मङ्सिर २०७८, बिहिबार ०१:४० मा प्रकाशित

उदयपुर । उदयपुरमा विहिबार(आज) विहान  ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसीमा प्र. नं. २–०१–००१त १०८३ नम्बरको ट्याक्टरमा सवार त्रियुगा नगरपालिका ९ गैहरुनका ४० वर्षिय बौका सदा भएको थियो । घाइते बौका सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मृतकका श्रमिति ४० वर्षिय नारायण वत्ति सदाको शरिरको विभिन्न भागमा चोट पटक लागेकोले अवस्था गम्भिर रहेको छ ।

सोही ठाउँका १६ वर्षिय सुकुन सदा र चालक त्रियुगा नगरपालिका–१० करमगाछीका २० वर्षिय दिवस सार्की घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि विराटनगर रेफर गरिएको छ ।

ट्याक्टरमा १९ जना सबार थिए । उनीहरु सवै गाईघाटबाट ताप्ली गाउँपालिका रुपाटारमा भवन ढलानको लागि जाँदै गरेको अवस्थामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।