घट्यो सुनको मूल्य

न्युजलय २३ मङ्सिर २०८१, आइतबार ११:३५ मा प्रकाशित

काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।