आजको सुनचाँदीको भाउ

न्युजलय १३ जेठ २०८१, आइतबार ११:४२ मा प्रकाशित

काठमाडौं । आइतबार(आज) सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबर भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

आज चाँदीको भाउ पनि स्थिर रहदै तोलाको १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।