काठमाडौँको मेयरमा उठ्दै निर्देशक सोभित बस्नेत

न्युजलय ३० चैत २०७८, बुधबार ०२:४८ मा प्रकाशित

काठमाडौं । निर्माता, निर्देशक तथा कलाकार शोभित बस्नेत काठमाडौंको मेयरमा उठ्ने भएका छन् ।


शोभित बस्नेतलाई लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले काठमाडौंको मेयरमा टिकट दिन लागेको हो । शोभित बस्नेत र पार्टीवीच छलफल भैसकेको र केही दिनमा नै औपचारिक घोषणा हुने श्रोतले बताएको छ ।

 

नेपाली फिल्मीकर्मीहरु स्थानिय निर्वाचन नजिकिदै जाँदा विभिन्न पार्टीमा आवद्ध भैरहेका छन् । फिल्म क्षेत्रमा सधै चर्चामा रहने शोभित बस्नेत चन्द्रागिरी नगरपालिकामा बसोबास गरेपनि उनको मतदान अधिकार भने काठमाडौंमा रहेको श्रोतले बताएको छ ।  


नायक भूवन केसीले काठमाडौंको मेयर पदमा उठ्ने चर्चा भएपनि उनले फिर्ता लिइसकेका छन् । रेखा थापा राप्रपा नेपाल र करिश्मा मानन्धर नेकपा एमालेमा सक्रिय छन् । शोभितलाई मेयर पदमा काठमाडौंका जनताले कती विश्वास गर्छन्, त्यो चुनावपछि थाहा हुनेछ ।