म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औलस्थित घुम्तीमा दुर्घटना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिइन्। जीपमा चालक सहित ८ जना सवार थिए ।
दुर्घटनामा परी वडा सदस्य गौमाया विक, खिमनाथ शर्मा र खिमु पुनको घटनास्थलमै मृत्यु भएकोे हो । यस्तै घाइतेमा हुनेमा स्थानीय बलबहादुर बिक, ज्ञानु शेरपुर्जा, मनोज पुन, दुतबहादुर थापा (चालक) र बिसुन फगामी रहेका छन् । अन्यको भने उद्धार गरी बेनी अस्पताल ल्याइएको छ ।
प्रहरी निरीक्षक तथा सुचना अधिकारी विरेन्द्र राज गुरुङका अनुसार साँझ करिब ५ बजेको समयमा दुर्घटना भएको हो । जीप सडकदेखी करिब दुई सय मिटर तल खसेको थियो ।