झापामा सडक दुर्घटना, एक जनाको मृत्यु

न्युजलय ७ पुस २०७८, बुधबार ०१:२५ मा प्रकाशित

झापा । झापाको दमक नगरपालिका–४ मा  सवारी दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा  कमल गाँउपालिका–५ का २१ वर्षीय निर्मल खवास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी अनुसार मंगलबार राति बा ३ ख ८६२७ नं को सवारी साधनबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पु¥याइएको र उपचारको क्रममा राति नै मृत्यु भएको थियो । 

प्रहरीले सवारी चालक धनकुटा नगरपालिका– १० का २७ वर्षीय प्रेम कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।