इटहरीमा बस र पिकअप ठोक्किएर दुर्घटना , ६ जना घाइते

न्युजलय ८ कार्तिक २०७८, सोमबार १२:३० मा प्रकाशित

इटहरी । इटहरीमा बस र पिकअप एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । 

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सोमबार(आज) बिहान इटहरी–१ आँपगाछीस्थित धरानतर्फ आउँदै गरेको प्र १–०–२००१ ख ८४१२ नं बसले को १ च ६५३२ नं को पिकअपलाई जोगाउने क्रममा पिकअपमा ठक्कर भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा डिभाइडरमा ठक्कर हुँदा बसमा सवार सप्तरी अग्निसार बस्ने वर्ष ४१ को शिवराम चौधरी, गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धरानस्थित वीपी प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, घाइतेहरूमा धरान–६ बस्ने वर्ष २३ को सूर्य निरौला, मोरङ बेलबारीÞ–५ बस्ने वर्ष २९ को डम्बरबहादुर बन, भोजपुर षडानन्द–११ बस्ने वर्ष ३८ को शेरबहादुर कार्की कार्कीकै श्रीमती वर्ष ३५ की श्रृजना कार्की र सुनसरी बराहक्षेत्र–३ बस्ने वर्ष ४० को नगेन्द्र बस्नेत घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।