इनरुवामा अख्तियारद्वारा विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ

न्युजलय २० भदौ २०८०, बुधबार १०:३९ मा प्रकाशित

इटहरी । इनरुवास्थित नेपाल विद्युत् प्राधिकरणको इनरुवा वितरण केन्द्रका फोरम्यान बिर्जुकुमार महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो ।

उद्योगमा विद्युत् क्षमतावृद्धि गरिदिएबापत घुस लिएका महतोलाई अख्तियारको इटहरी सम्पर्क कार्यालयबाट खटिएको टोलीले इनरुवा ३ बाट पक्राउ गरेको हो ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम विशेष अदालतमा मुद्दा चलाइने अख्तियारले जनाएको छ ।