विराटनगरका दुई वटा क्यासिनोमा प्रहरीको छापा, २० जना पक्राउ

न्युजलय ७ पुस २०८२, सोमबार १२:०० मा प्रकाशित

विराटनगर । विराटनगर स्थित बिग र रत्ना होटलमा रहेका दुई क्यासिनोमा आइतबार राती प्रहरीले छापा मारेर सञ्चालकसहित २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिग होटलभित्र सञ्चालनमा रहेको च्याम्पियन जोन क्यासिनो र रत्ना होटल भित्र सञ्चालनमा रहेको गोल्डेन क्यासिनोमा प्रहरीले छापा मारेको थियो।

छापा मार्ने क्रममा रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना नेपालीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमसहित २० जना नेपाली रहेको र उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा  चलाउने तयारी गरेको छ।