काठमाडौँ । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले सोको जानकारी दिएको हो ।
युएसजीएसका अनुसार हालसम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन । भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११ः ५६ बजे २५ किलोमिटरको गहिराइमा आएको जनाइएको छ ।