भारतमा फेरि बढ्यो कोरोना संक्रमण

न्युजलय १८ पुस २०७८, आइतबार ०८:०३ मा प्रकाशित

काठमाडौँ । भारतमा कोरोना संक्रमण दर बढेको छ ।


पछिल्लो साता यूरोपमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगेका बेला छिमेकी मुलुक भारतमा पनि त्यसको प्रभाव देखिएको छ ।


ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा २६ हजार ४०४ जनामा संक्रमण पुष्टि भएको छ ।


यही अवधिमा कोरोनामुक्त हुनेको संख्या भने ८ हजार ९४९ रहेको छ । पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ ।


त्यहाँ दैनिक थपिने र निको हुनेको संख्या एक साताअघिसम्म दश हजारभन्दा तल झरिसकेको थियो । अहिले त्यो संख्या ह्वात्तै बढेको छ ।


भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख ३३ हजारभन्दा माथि पुगेको छ ।