भारतको सिमलामा जिप दुर्घटना हुँदा सल्यानका चारजनाको मृत्यु

न्युजलय ३१ भदौ २०८२, मङ्गलबार ०२:४० मा प्रकाशित

काठमाडौँ । मजदुरीका लागि भारतमा रहेका  चारजना नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ। 

भारतको हिमाचल प्रदेशको सिमला कोटखाईमा भएको जिप दुर्घटनामा परी सल्यानका कुमाख गाउँपालिकाका चारजनाको मृत्यु भएको हो। मृत्यु हु्नेमा एकै परिवारका तीनजना छन्।

सोमबार गाडी दुर्घटनामा परी सल्यानको कुमाख गाउँपालिका –४ का ३७ वर्षीय राजेश विष्ट, ४७ वर्षीय डिल्लीबहादुर शाही, ३७ वर्षीय एकेन्द्र शाही र २४ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।  

काममा जाँदै गर्दा पिकअप गाडी दुर्घटनामा परेर चारैजनाको घनास्थलमै मृत्यु भएको बुझिएको छ ।