काठमाडौँ । आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार तोलामा १ लाख ७४ हजार १ सयमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भइरहेको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि केहि घटेको छ । आज चाँदी तोलामा २ हजार ४५ कारोबार भइरहेको छ ।