बढ्यो सुनको मूल्य

न्युजलय ३१ फाल्गुण २०८०, बिहिबार ११:२१ मा प्रकाशित

काठमाडौँ । बिहिबार (आज) सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँको वृद्धि भएको छ । 

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० रुपैयाँ कायम छ । 

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ सय १५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम थियो । यो प्रतितोला ५० रुपैयाँको वृद्धि हो ।