काठमाडौँ । बिहीबार(आज) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार बुधबारकै मूल्यमा बिहीबार सुन खरिदबिक्री गर्न पाइने भएको छ भने चाँदीको भाउमा भने गिरावट आएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ५०० रुपैयाँ र तेजावी सुन एक लाख ४ हजार रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको भाउ आज एक हजार ३५५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।