बढ्यो सुनको मुल्य

न्युजलय १२ मङ्सिर २०८०, मङ्गलबार ११:२१ मा प्रकाशित

 काठमाडौं ।  सुनको मूल्यमा दिनानुदिन रेकर्ड कायम भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज तीन सयले बढेर १ लाख १७ हजार ७ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुन एक लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने यथावत रहेको महासंघले जनाएको छ। आज चाँदी तोलको १५ सय रुपैयामा कारोबार भइरहेको छ।