सुनसरी । लागूऔषध मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिकाÞ–७ का ३० वर्षीय सतारे भन्ने रञ्जित खड्गीलाई प्रहरीले पक्राउ गरेको छ ।
झापा जिल्ला अदालतको २०७८ मंसिर १६ गतेको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले धरान –७ बाट फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।