काठमाडौं । बिहिबार(आज) सुनको भाउ २ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा पुगेर उच्च रेकर्ड बनाएको सुन बिहीबार २ सयले घटेर १ लाख ३६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी भने स्थिर रहेको हो ।