काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको भाउले निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको छ।
सुनको भाउ आज बिहीबारपनि बृद्धि भएर नयाँ रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यता, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।