२०७८ साल मङ्सिर १३ गते सोमबार

सप्तरीमा घाँटी रेटिएको अवस्थामा एक वृद्धको शव फेला

न्युजलय ८ मङ्सिर २०७८, बुधबार ०७:४९ मा प्रकाशित
काठमाडौं । सप्तरीमा घाँटी रेटिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–६ बस्ने अन्दाजी ८० वर्षीय मिश्रिलाल मण्डलको शव फेला परेको प्रहरीले जनाएको छ । 

घाँटी रेटेर मण्डलको शव छिन्नमस्ता सडकखण्डको झौखराही नामक फुलबारीमा फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

धारिलो हतियारले घाँटी काटिएको अवस्थामा उनको शव फेला परेको उनले बताए । मण्डल बुधबार बिहान करिब १० बजे घरबाट सखडाका लागि निस्केको परिवारजनले जनाएको छ ।
 
इलाका प्रहरी कार्यालय छिन्नमस्ता र जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।