वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

न्युजलय ३० कार्तिक २०८१, शुक्रबार ०७:१८ मा प्रकाशित

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बास्तोला, चितवन भरतपुर महानगरपालिका–१० का ३६ वर्षीय शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका–४ का २५ वर्षीय सुरज कँडेल रहेका छन् ।

पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख, शारदाले युके पठाइदिन्छु भन्दै १ जनाबाट १ लाख र सुरजले युके पठाइदिन्छु भन्दै १ जना बाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।