काठमाडौँ । मंगलबार(आज) सुन चाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुन आज ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन आज ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीमा पनि १० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको हुने महासंघले जनाएको छ ।