बढ्यो सुनको मूल्य

न्युजलय १८ भदौ २०८०, सोमबार ११:४० मा प्रकाशित

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जनाएको छ । 

महासंघले आजको बजारभाउ तय गर्दै आज ४०० रुपैयाँले बढेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ । 

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले हिजो आइतबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जनाएको छ । यससँगै, आज चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ छ ।