आजको सुनको मूल्य

न्युजलय ९ माघ २०८०, मङ्गलबार ११:४३ मा प्रकाशित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार(आज) पनि सुनको मूल्य स्थिर रहेको जनाएको छ । 

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । 

यस्तै, चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासंघले हिजो सोमबारको तुलनामा आज २० रुपैयाँले घटेसँगै प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको जनाएको छ । हिजो तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।