सुनसरीमा ५० जना जेन–जी युवा एमाले प्रवेश

न्युजलय ९ फाल्गुण २०८२, शनिवार ०८:३३ मा प्रकाशित

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत दुहबी–८ का ५० जना जेन–जी युवा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । 


नेपाली काँग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, सुनसरी–३ का सभापति निरज चौधरीको नेतृत्वमा सन्तोष तामाङ, रोशन कटुवाललगायत ५० जना युवाहरू एमालेमा प्रवेश गरेका हुन् । 


प्रवेश कार्यक्रममा बोल्दै निरज चौधरीले एमाले उम्मेदवार भगवती चौधरीलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । एमाले उम्मेदवार भगवती चौधरीले युवाको हितमा युवाकै सल्लाह र सुझावअनुसार अघि बढ्ने प्रतिबद्धता जनाइन् । 


एमाले प्रवेशसँगै सुनसरी–३ मा राजनीतिक गतिविधि थप सक्रिय बनेको स्थानीयले बताएका छन् । विगतमा पनि चौधरीले जितेको यो क्षेत्रमा यसपटक पनि चौधरी दह्रो प्रतिष्पर्धीका रुपमा सक्रिय छिन् ।