उदयपुर । उदयपुरको गाईघाटबाट ८ केजी गाँजासहित एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरीको टोलीले बिहीबार शंकास्पद देखिएका रौतामाई गाउँपालिका–८ का ४९ वर्षीय डिकबहादुर लुङेली मगरलाई चेकजाँच गर्दा ८ केजी ५८१ ग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।
पक्राउ परेका डिकबहादुरलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।