धादिङमा तेल ट्यांकर पल्टिदा चालकको मृत्यु

न्युजलय १९ मङ्सिर २०७८, आइतबार ०८:४२ मा प्रकाशित

काठमाडौं । धादिङमा तेल ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

 

आइतबार दिउँसो थाक्रे गाउँपालिका २ कोईरालेस्थित सडकमा ना ३ ख ९१११ नम्बरको तेल ट्यांकर सडकबाट करिब १ सय मिटर तल खसेको थियो। 


उक्त दुर्घटनामा ट्यांकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका २२ का ५७ वर्षीय सुकमान लामाको घटनास्थलमै मृत्यु भएको छ ।


यस्तै, ट्यांकरका सहचालक मकवानपुर बागमती गाउँपालिका ८ फापरबारीका १७ वर्षीय जय ब्लोन घाइते भएका छन्। उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ।