रकी भाइले दिए सलमान खानलाई मार्ने धम्की

न्युजलय २८ चैत २०७९, मङ्गलबार ०२:२० मा प्रकाशित

काठमाण्डौ । बलिउड अभिनेता सलमान खानलाई फेरि हत्याको धम्की आएको छ। 

सोमबार एक व्यक्तिले मुम्बई प्रहरीलाई फोन गरी यस्तो धम्की दिएका हुन्। फोन गर्ने व्यक्तिले आफ्नो नाम रकी भाइ बताएको प्रहरीले जनाएको छ।

फोन गर्ने व्यक्तिले आफू राजस्थानको जोधपुर निवासी भएको यही अप्रिल ३० मा सलमानलाई मार्ने बताएका छन्।

यसअघि पनि सलमानलाई ज्यान मार्ने धम्की आएको थियो। यस मामिलामा जोधपुर निवासी ढाकद्रमलाई पक्राउ गरिएको छ।

उनले सलमानको आधिकारिक मेलमा ३ वटा इमेल पठाएका थिए। जसमा सलमान जोधपुर आउनेबित्तिकै सिद्धु मूसेवाला जस्तै मारिने लेखिएको थियो।