आश्विन २३ गते शनिवारको राशिफल

न्युजलय २३ असोज २०७८, शनिवार ११:१० मा प्रकाशित

मेष–आज सन्तानबाट सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रूचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका पाइएला । आर्थिक लाभ पनि मिल्नसक्छ ।

बृष–आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपमा सन्तोषप्रद रहनेछ ।

मिथुन–आज नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।

कर्कट–आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।सिंह

सिंह –आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कन्या–आज कुनै कुराले मनमा शान्ति छाउनेछ । भोज र मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबार पनि राम्रै सफलता मिल्नेछ ।

तुला –आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

वृश्चिक –आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

धनु–नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

मकर –आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

कुम्भ –आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मित्र वा नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

मीन –गरेको काममा ढिलासुस्ती हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । ( ज्यो।प। नारायणप्रसाद दुलाल