फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिका–७, लेखगाउँमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।
बुधबार बिहान खरको छानो भएको भान्साघरमा आगलागी हुँदा ५५ वर्षीय सरिता राईको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको हो ।
आगलागी कसरी भयो भन्नेबारे खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।