आठ सहरमा हुँदै हिमालय रोडिज सिजन–५ को अडिसन

न्युजलय ८ जेठ २०८०, सोमबार ०१:४८ मा प्रकाशित

काठमाडौं । देशका आठ सहरमा हिमालय रोडिज सिजन–५ को ‘फिजिकल अडिसन’ हुने भएको छ । 

हिमालय टिभीले अडिसन हुने सहर, मिति र समयको घोषणा गरेको छ । छायांकन सुरु हुन एक साता बाँकी रहँदा पाँचौं सिजनको लागि अडिसन खुला गरिएको हो ।

जेठ १२ गतेदेखि सुरु हुने ‘फिजिकल अडिसन’ २१ गतेसम्म चल्नेछ । पहिलो दिन बर्दिवासमा, १३ गते इटहरी, १४ गते हेटौंडा, १५ गते भरतपुर, १६ गते बुटवल, १७ गते नेपालगञ्ज, १९ गते पोखरा र २१ गते काठमाडौंमा अडिसन सञ्चालन हुने जनाइएको छ ।

शुक्रबारदेखि सुरु हुने रोडिजको पाँचौं सिजनलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन् ।