विराटनगर । प्रदेश १ मा आज ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
६५७ जनाको पीसीआर परीक्षण गर्दा ६२ र १३७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, सङ्खुवासभा र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज ३८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९ महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।