सुनचाँदीको भाउ बढ्यो

न्युजलय ७ साउन २०८२, मङ्गलबार ११:३४ मा प्रकाशित

काठमाडौँ ।  मंगलबार सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।

सोमबार १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयँ बढेर दुई हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ।